सोनिया गान्धी फेरि कोरोना संक्रमित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सोनिया गान्धी फेरि कोरोना संक्रमित


२८ श्रावण २०७९, शनिबार


नयाँ दिल्ली । भारतीय राष्ट्रिय काङ्ग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी फेरि संक्रमित भएकी छन् ।

उनी कोरोना भाइरसबाट अहिले दोस्रो पटक संक्रमित भएकी हुन् । उनी यसअघि गत जुन २ मा पनि कोरोना भाइरसबाट संक्रमित भएकी थिइन् । उनीमा संक्रमण रहेको शनिबार पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन् । उनीलाई कुनै ठूलो स्वास्थ्य समस्या भने नरहेको बताइएको छ ।

नेतृ गान्धी अहिले कोरोना भाइरस नियन्त्रण सम्बन्धी नियम अनुसार घरमा छुट्टै बस्नु भएको कांग्रेस नेता जयराम रमेशले जानकारी दिए । उनीलाई परिवार भित्रैबाट संक्रमण सरेको अनुमान गरिएको छ । उनकी छोरी तथा पार्टीकी महासचिव प्रियङ्का गान्धी भद्रालाई सङ्क्रमण भएको गत बुधबार पुष्टि गरिएको थियो ।

भारतमा पछिल्लो समय कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको संख्या बढ्दै गएको देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस