महिलाको प्रदर्शनमा तालिवान लडाकुले गरे हवाई फायर « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

महिलाको प्रदर्शनमा तालिवान लडाकुले गरे हवाई फायर


२८ श्रावण २०७९, शनिबार


अफ्गानस्तान । तालिवान सत्ताको विरोधमा अफगानिस्तानको राजधानी काबुलमा अफगान महिलाहरुले विशाल प्रदर्शन गरेका छन् ।

महिला प्रदर्शनकारीलाई तितरबितर पार्न तालिबान लडाकुहरुले शनिबार हवाई फायर गरेका छन् ।

‘रोटी, काम र स्वतन्त्रता’ भन्दै महिलाहरु काबुलको शिक्षा मन्त्रालयको भवन अगाडि प्रदर्शनमा उत्रिएका थिए । महिलालाई तालिबान लडाकुहरुले कुटपिटसमेत गरेका थिए ।

तालिबानले सत्तापलट गरेको वार्षिकीको पूर्वसन्ध्यामा महिलाले प्रदर्शन गरेका थिए । तालिबानले १५ अगस्टमा अफगान सत्ता कब्जा गरेका थिए । त्यसयता उनीहरुले महिलाहरुका अधिकार कटौती गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस