केपी ओली र राजेन्द्र लिङ्देनबीच भेटवार्ता, के भयो छलफल ?  « प्रशासन
Logo १३ आश्विन २०७९, बिहिबार
   

केपी ओली र राजेन्द्र लिङ्देनबीच भेटवार्ता, के भयो छलफल ? 


२८ श्रावण २०७९, शनिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ।

आगामी चुनावमा तालमेल गरेर जाने विषयमा उनीहरूबिच छलफल भएको हो।

बालकोटमा भएको भेटवार्तामा आगामी मंसिर ४ गते हुने चुनावमा तालमेल गरेर जानेलगायत विषयमा छलफल केन्द्रित थियो।

लिङ्देन झापा ३ मा चुनाव लड्दैछन। २०७४ मा पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित वामगठबन्धनले लिङ्देनलाई समर्थन गर्दा लिङ्देन विजयी भएका थिए।

उनले नेपाली काङ्ग्रेसका कृष्ण सिटौलालाई हराएका थिए। यसपटक पनि झापा ३ मा सिटौला र लिङ्देनबिच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस