नवनियुक्त मुख्य प्रशिक्षक प्रभाकर आज नेपाल आउँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नवनियुक्त मुख्य प्रशिक्षक प्रभाकर आज नेपाल आउँदै


२८ श्रावण २०७९, शनिबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आइपुग्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक प्रभाकर आज बेलुका नेपाल आईपुग्ने जनाएको छ ।

क्यानका अनुसार प्रभाकर बेलुका ६स्१० बजे त्रिभुवन विमानस्थल आईपुग्ने छन् ।  मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केही साता अघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको जनाएको छ ।

नेपालको मुख्य प्रशिक्षकका रूपमा प्रभाकरको पहिलो प्रतियोगिता केन्याविरुद्धको रहने छ । नेपाली टोली भदौ पहिलो साता केन्या भ्रमणका लागि निस्कने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस