शेखर कोइराला समूहको बैठक बस्दै « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

शेखर कोइराला समूहको बैठक बस्दै


२८ श्रावण २०७९, शनिबार


काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाप्रति शेखर कोइराला समूह असन्तुष्ट बन्दै आएको छ । सो समूहले देउवाले हरेक निर्णय आफूखुसी गरेको आरोप लगाएको छ । 

यसविरुद्ध आफ्नो समूहको रणनीति बनाउन कोइराला समूहको बैठक आज बस्दैछ । 

आज दिउँसो बस्ने बैठकमा कोइरालाले आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरूलाई बोलाएको एक नेताले बताए । सभापति देउवाले ५ वटा भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा कोइराला समूहलाई समेटिएको छैन । यस्तै पार्टी सञ्चालनमा पनि देउवा एकलौटी ढङ्गले अघि बढेको शेखर पक्षीय ती नेताले बताए । 

देउवा निरन्तर अहिलेकै शैलीमा अघि बढे अब समानान्तर गतिविधि गर्ने मनस्थितिमा कोइराला समूह देखिएको छ । यसबारे शनिबारको बैठकमा गम्भीर छलफल गरेर निर्णयमा पुगिने ती नेताको भनाइ छ । 

Tags :
प्रतिक्रिया दिनुहोस