महाकाली नदीमा नुहाउने क्रममा दुई किशोरी बेपत्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महाकाली नदीमा नुहाउने क्रममा दुई किशोरी बेपत्ता


२८ श्रावण २०७९, शनिबार


ढल

काठमाडौँ ।  । महाकाली नदीमा नुहाउने क्रममा दुई किशोरी बेपत्ता भएका छन् । बैतडीको दशरथचन्द नगरपालिका–८ स्थित मौरामा महाकाली नदीमा नुहाउन गएका किशोरी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले मौराकै १४ वर्षीया सङ्गीता टमटा र १५ वर्षीया कविता टमटा नदीमा नुहाउने क्रममा बेपत्ता भएको जानकारी दिए ।

उनका अनुसार शुक्रबार दिउँसो करिब २ बजे घरबाट नुहाउन भनेर हिडेका उनीहरूसँगै रहेकी अर्की किशोरीले बेपत्ता भएको खबर गरेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको टोली र स्थानीयहरूले बेपत्ता किशोरीको खोजी कार्य गरिरहेको  प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस