४ जनालाई अतिरिक्त सचिव बनाउने सरकारको निर्णय  « प्रशासन
Logo ११ आश्विन २०७९, मंगलबार
   

४ जनालाई अतिरिक्त सचिव बनाउने सरकारको निर्णय 


२७ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । सरकारले ४ जना प्रमुख विशेषज्ञलाई अतिरिक्त स्वास्थ्य सचिव बनाउने निर्णय गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्यरत १२ औँ तहका ४ जना प्रमुख विशेषज्ञलाई अतिरिक्त स्वास्थ्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैठकले स्वास्थ्य सेवातर्फका प्रमुख विशेषज्ञ दिपेन्द्ररमण सिंह, डा. गुणराज लोहनी, डा. संगिता कौशल मिश्र र डा. श्यामसुन्दर यादवलाई अतिरिक्त स्वास्थ्य सचिवको जिम्मेवारी दिने निर्णय भएको हो । यसअघि प्रमुख विशेषज्ञ भनिँदै आएकोमा उनीहरूलाई अब अतिरिक्त स्वास्थ्य सचिवको जिम्मेवारी दिने निर्णय गरिएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस