साकेलाका गाउँपालिकाका ४ जना कर्मचारीमा कोरोना संक्रमण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

साकेलाका गाउँपालिकाका ४ जना कर्मचारीमा कोरोना संक्रमण


२७ श्रावण २०७९, शुक्रबार


खोटाङ । खोटाङको साकेला गाउँपालिकाका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

फेरि कोरोना महामारी फैलिन थालेपछि पदाधिकारी, कर्मचारी र कार्यालय आसपासका स्थानीय गरी ४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।

दैनिक नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेर सेवा प्रवाह गरिरहेका जनप्रतिनिधि र कर्मचारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनका लागि एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

संक्रमितलाई होम आइसोलेसनमा राखिएको छ । कर्मचारीलाई संक्रमण देखिए पनि गाउँपालिकाको कार्यालयको सेवा भने रोकिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस