बझाङ घटना : अनुसन्धानमा खटियो सीआईबीको टोली « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बझाङ घटना : अनुसन्धानमा खटियो सीआईबीको टोली


२७ श्रावण २०७९, शुक्रबार


धनगढी । बझाङको बुङ्गल नगरपालिका–९ मा आमासहित दुईजना छोराछोरीसमेत मृत भेटिएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार घटनाको अनुसन्धान गर्न सीआईबीको टोली बझाङ पुगेको छ ।

प्रहरी निरीक्षकले नेतृत्व गरेको उक्त निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा रहेका टोलीका समेत गरेर ६ जना सदस्यले बझाङ पुगेर अनुसन्धान थालेको हो ।

घटनालाई गम्भीर रुपमा लिदै जिल्ला प्रहरी कार्यालयले अनुसन्धानमा प्राविधिक सहयोग मागेपछि सीआईबीको टोली आएको हो । बुधबार बिहान बुंगल नगरपालिका–९ रारुकी २२ वर्षीया गीता पार्की, उनका ५ वर्षीया छोरी र ३ वर्षीय छोरा एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस