प्रधानमन्त्री देउवा र प्रचण्डबिच भेटवार्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्री देउवा र प्रचण्डबिच भेटवार्ता


२७ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको छ।

अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भेटवार्ता भएको हो।

स्रोतका अनुसार दुई नेताबीच गठबन्धनमा सिट बाँडफाँड, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतलाई गठबन्धनमा सामेल गर्ने तथा समसामयिक विषयमा छलफल भएको हो। पाँचदिने जापान भ्रमण सकेर नेपाल फर्किएपछि प्रचण्डले पहिलोपटक देउवालाई भेटेका हुन्।

उनीहरुबिच दिँउसो ३ बजेदेखि करिब १ घण्टा छलफल भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस