७७ ठाउँमा सीमा अतिक्रमण भयो : भीम रावल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

७७ ठाउँमा सीमा अतिक्रमण भयो : भीम रावल


२५ श्रावण २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले सरकारले संविधानमा उल्लिखित कानुनलाई बेवास्ता गरेर देशप्रति बेइमानी गर्न लागिपरेको आरोप लगाएका छन् ।

नागरिकता विधेयकको सन्दर्भमा सांसद रावलले यस्तो बताएका हुन् । यस क्रममा सांसद रावलले विभिन्न ७७ ठाउँका सीमा अतिक्रमणमा परेको भन्दै उक्त समस्या समाधानका लागि सरकारले भारतसँग छलफल गर्नुपर्ने बताएका छन् ।

नागरिकता विधेयकको प्रसंग निकाल्दै नेपाली पुरुषसँग विवाह गर्ने महिलालाई तत्काल नागरिकता दिने कुरा नेपालको हीतमा नरहेको उनले बताएका थिए । जुन संविधान विपरीत भएको रावलको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस