युक्रेन युद्धमा ८० हजार रुसी नागरिकको मृत्यु भएको अमेरिकाको अनुमान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

युक्रेन युद्धमा ८० हजार रुसी नागरिकको मृत्यु भएको अमेरिकाको अनुमान


२४ श्रावण २०७९, मंगलबार


काठमाडौँ । २४ फेब्रुअरीमा युक्रेनमाथि भएको रुसी हमलामा अहिलेसम्म ८० हजार रुसी मारिएका र घाइते भएका हुन सक्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एक वरिष्ठ अधिकारीले बताएका  छन् ।

‘६ महिनाभन्दा कम अवधिको समयमा ७० देखि ८० हजार रुसी नागरिकको ​ मृत्यु भएको हुन सक्छ’, रक्षा मन्त्रालयका उपसचिव कोलिन कहलले भने । यो अवधिमा रुसी सेनाले तीन देखि चार सशस्त्र वाहनहरू पनि गुमाएको पनि उनले बताए । 

युद्धको सुरुमा रुसीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको लक्ष्य प्राप्त गर्न नसकेको पनि उनले दाबी  गरेका छन् । रुसले युक्रेनविरुद्धको हमला तीब्र पारिरहेको बेला किभलाई पश्चिमा देशहरूले अत्याधुनिक हतियार उपलब्ध गराउँदै आएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस