पहिरोसहित बिजुलीको पोल ढल्दा बेँसीशहर-चामे सडक अवरुद्ध « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पहिरोसहित बिजुलीको पोल ढल्दा बेँसीशहर-चामे सडक अवरुद्ध


१९ श्रावण २०७९, बिहिबार


काठमाडौँ । बाढी र पहिरोका कारण  बिजुलीको पोल ढल्दा लमजुङ मनाङ जोड्ने बेँसीशहर चामे सडक अवरुद्ध भएको छ । 

उक्त सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका-४ रामबजारमा आज बिहान सवा ११ बजेदेखि सडक अवरुद्ध भएको डुम्रे बेँसीशहर चामे योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीले बताए। 

सडकभन्दा माथिबाट पहिरो खसेको र पहिरोले सडकमा रहेको बिजुलीको पोल ढलेकाले सडक अवरुद्ध भएपछि कुनै पनि सवारी साधन सञ्चालन हुन नसक्दा यात्रु अलपत्र परेका छन् ।

यता गए रातिदेखि अवरुद्ध डुम्रे बेँसीशहर सडक सञ्चालनमा आएको छ । उक्त सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ देउराली डाँडामा पहिरोसँगै सडकमा खसेको लेदो हटाएर बिहान ९ बजेतिर सडक सञ्चालनमा ल्याइएको उक्त कार्यालयले जनाएको छ ।

बयालीस ४२ किलोमिटर लामो उक्त  सडक हुँदै काठमाडौँ, पोखरा, चितवनलगायत सहरमा आवतजावत हुँदै आएको छ  ।

Tags :
प्रतिक्रिया दिनुहोस