उडेको ६ मिनेटमै इन्जिनमा समस्या देखिएपछि यतिको जहाज पोखरामै सुरक्षित अवतरण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

उडेको ६ मिनेटमै इन्जिनमा समस्या देखिएपछि यतिको जहाज पोखरामै सुरक्षित अवतरण


१३ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । पोखराबाट काठमाडौँका लागि उडेको यति एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएको छ ।

पोखरा विमानस्थलबाट उड्नेवित्तिकै पाइलटले जहाजको इन्जिनमा समस्या देखिएको जानकारी गराएका थिए ।

उडेको ६ मिनेटमै उक्त जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बताए ।

सुवेदीका अनुसार नाइन एन एएनजी कलसाइन भएको जहाजको बायाँ इन्जिनमा समस्या देखिएको थियो ।

‘८ बजेर ५४ मिनेटमा जहाज विमानस्थलबाट टेकअफ भएको थियो। टेकअफ हुँदाहुँदै जहाजको इन्जिनमा समस्या देखिएको थियो,’ उनले भने, ‘बायाँ इन्जिनमा समस्या देखिएपछि त्यो ६ मिनेटभित्रै सुरक्षित अवतरण गरिएको छ ।’

उक्त जहाजमा ४५ जना यात्रु थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस