सुनको मूल्य घट्यो, चाँदी स्थिर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुनको मूल्य घट्यो, चाँदी स्थिर


९ श्रावण २०७९, सोमबार


काठमाडौँ । सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज (सोमबार) छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४०० रुपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य ९३ हजार ९ सय रुपैयाँ छ ।

यस्तै चाँदीको प्रतितोला मूल्य ११ सय ५५ रुपैयाँमा स्थिर छ ।

आइतबार छापावाल सुनको मूल्य ९४ हजार ५ सय र तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस