अमुसनले बनाइन् विश्व कीर्तिमान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अमुसनले बनाइन् विश्व कीर्तिमान


९ श्रावण २०७९, सोमबार


काठमाडौँ । नाइजेरियाकी टोबी अमुसनले एथलेटिक्सको विश्व च्याम्पियनसिपमा १०० मिटर हर्डल्सको सेमिफाइनलमा नयाँ विश्व कीर्तिमान कायम गरेकी छन् ।

२५ वर्षीया अमुसनले १२.१२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै कीर्तिमान रच्न सफल भएकी हुन् । उनले यसअघि अमेरिकाकी केन्द्रा ह्यारिसनको नाममा रहेको १२.२० सेकेन्डको कीर्तिमान तोडेकी हुन् ।

यसअघि, उनले शनिबार हिट चरणमा १२.४० सेकेन्डमा दूरी पार गर्दै अफ्रिकी कीर्तिमान बनाएकी थिइन् ।

अमुसनले फाइनलमा स्वर्णपदक जित्न पनि सफल भएकी छन् । उनले १२.०६ सेकेन्डमा दूरी पूरा गरे पनि हावाको गति आवश्यकताभन्दा बढी भएका कारण यसलाई विश्व कीर्तिमानमा राखिएन । जमैकाकी ब्रिटनी एन्डरसनले १२.२३ सेकेन्डमा दूरी पार गर्दै रजत जितिन् । १२.२३ सेकेन्डमै दूरी पूरा गरेकी ओलम्पिक च्याम्पियन ज्यास्मिन कामाचो–क्विनले रजतपदक जितिन् ।

पुरुष पोल भल्टमा स्वीडेनका अर्मान्ड डुप्लान्टिसले विश्व कीर्तिमान बनाउँदै स्वर्ण जिते । उनले ६.२१ अङ्क ल्याएका थिए । अमेरिकाका क्रिस्टोफर लिल्सेन दोस्रो र फिलिपिन्सका अर्नेस्ट जोन ओबिएना तेस्रो भए ।

महिला लङ जम्पमा जर्मनीकी मलाइका मिहाम्बोले स्वर्ण जितिन् । नाइजेरिकाकी इसे ब्रुमे रजत र ब्राजिलकी लेटिसिया ओरो मेलोले कास्यपदक जिते ।

Tags :
प्रतिक्रिया दिनुहोस