एक हप्ता फोहोर ढुवानीका साधन सञ्चालन नगरिदिन काठमाडौँ महानगरलाई आग्रह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एक हप्ता फोहोर ढुवानीका साधन सञ्चालन नगरिदिन काठमाडौँ महानगरलाई आग्रह


४ श्रावण २०७९, बुधबार


काठमाडौँ । सहरी विकास तथा भवन निर्माण विभागको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजनाले कम्तिमा एक हप्ता फोहोर मैला ढुवानीका सवारी साधनहरू सन्चालन नगरिदिन काठमाडौं महानगरपालिकालाई आग्रह गरेको छ ।

फोहोर मैला ढुवानीका साधनहरुले तीनपिप्ले बञ्चरेडाँडा सडक मर्मत सम्भार गरी स्तरोन्नति गर्ने काम प्रभावित भएको भन्दै सहरी विकास तथा भवन निर्माण विभागले एक हप्तासम्म फोहोर मैला ढुवानीका साधन सन्चालन नगरिदिन आग्रह गरेको हो ।

फोहोर बोकेका गाडी आवतजावत गरिरहने हुँदा सडक निर्माण हुन नसकेकाले गाडी रोक्न आग्रह गरिएको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजनाका निर्देशक रवीन्द्र बोहराले जानकारी दिए ।

यसअघि विभागले असार १७ गते र १९ गते सहजीकरण गरिदिन महानगरपालिकालाई भनेको थियो । सो अनुसार दैनिक रूपमा बिहान ४ बजेदेखि १२ बजेसम्म मात्र फोहोर मैलाको सवारी साधन ढुवानी गर्ने समय समय निर्धारण गरिएको थियो । तर त्यस बमोजिम पनि कार्यान्वयन गर्न नसकिएकाले सडक निर्माण कार्य द्रुत गतिमा सन्चालन गर्न कम्तिमा एक हप्ता ढुवानीका साधन रोक्नु पर्ने आयोजनाको माग छ ।

Tags :
प्रतिक्रिया दिनुहोस