महानगरका भित्री सहरलाई उपयोगी तीन दमकल आए, थप गर्न १२ करोड बजेट « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

महानगरका भित्री सहरलाई उपयोगी तीन दमकल आए, थप गर्न १२ करोड बजेट


३ श्रावण २०७९, मंगलबार


काठमाडौँ। काठमाडौँ महानगरपालिकाले भित्री सहरका लागि उपयोगी ३ वटा दमकल ल्याएको छ ।

काठमाडौँ महानगरको विपद् व्यवस्थापन विभागले १० फुटको भित्री बाटोमा पनि जान सक्ने खालको दमकलहरु ल्याएको हो ।

एक वर्षअघि नै टेन्डर गरेर इन्डोनेसियाबाट ल्याउने गरी खरिद सम्झौता भएको थियो ।

तत्कालीन मेयर विद्यासुन्दर शाक्यले करिब २ करोड लागतमा यी दमकलहरु किन्ने निर्णय गरेका थिए ।

विपद् व्यवस्थापन विभागका प्रमुख रविनमान शाक्यका अनुसार ३ हजार लिटर क्षमताका यी दमकलले ६० मिटरसम्म पानीको फोहोर फाल्न सक्छ ।

‘अहिले हामीले ३० मिटर परसम्म मात्रै फोहोरा हान्ने दमकल प्रयोग गरिरहेका छौँ,’ उनले भने, ‘यो अहिले प्रयोगमा रहेकोभन्दा सानो आकारको हो ।’

यी ३ वटा दमकल न्युरोड, बालाजु र रामहिटीको दमकल स्टेसनमा राखिने भएको छ । महानगरले यो वर्ष थप १२ करोड रुपैयाँ दमकल किन्न छुट्याएको छ ।

अहिले महानगरसँग रहेका धेरै दमकल प्रयोग गर्न नसकिने अवस्थामा रहेकाले थप दमकल ल्याउन लागिएको शाक्यले बताए ।

उनका अनुसार महानगरले भित्री सहरमा लागि उपयोगी हुने अग्नि नियन्त्रक पम्पहरु पनि किन्ने छ । त्यस्ता पम्पलले स्थानीय क्षेत्रमा उपलब्ध ट्याङ्की र पोखरीबाट पानी तानेर आगो निभाउन सकिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस