थप ६ बालबालिकामा हैजा , काठमाडौँ उपत्यकामा सङ्क्रमितको संख्या २८ पुग्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थप ६ बालबालिकामा हैजा , काठमाडौँ उपत्यकामा सङ्क्रमितको संख्या २८ पुग्यो


२९ असार २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा हैजा सङ्क्रमितको संख्या २८ पुगेको छ ।

सङ्क्रमित हुनेमा ६ जना १४ वर्षमुनिका बालबालिका छन्, जसमध्ये ३ जना ५ वर्षमुनिका शिशु रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हिजो (मंगलबार) सम्म हैजा सङ्क्रमितको संख्यामध्ये काठमाडौँ महानगरपालिकामा ११, कागेश्वरी मनोहरामा ८, चन्द्रागिरिमा २, बुढानीलकण्ठमा १ र कीर्तिपुरमा १ जना सङ्क्रमित देखिएका छन् ।

त्यस्तै, भक्तपुरका चाँगुनारायण नगरपालिकामा १ र सूर्यविनायकमा १ जनामा हैजा पुष्टि भएको छ भने ललितपुर महानगरभित्र २ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।

महाशाखाले काठमाडौँमा हैजा सङ्क्रमण देखिएका विभिन्न स्थानमा पानी परीक्षणका लागि नमुना सङ्कलन तथा पीयूष वितरण अभियान तथा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको छ । हैजाबाट बच्न पानी उमालेर मात्रै पिउन महाशाखाको अनुरोध छ ।

Tags :
प्रतिक्रिया दिनुहोस