२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवागढीको शेयर साउन १० सम्म भर्न पाइने

अ+ अ-

रसुवा । रसुवागढी हाइड्रोपावरले रसुवाका बासिन्दाका लागि बिक्री खुला गरिएको शेयरको माग फाराम भर्ने म्याद थप गरेको छ ।

यही असार १३ गतेदेखि सुरू भएको शेयर भर्ने म्याद आजदेखि सकिएको र शुक्रबारसम्मको तथ्याङ्कले शेयर खरिद गर्ने रसुवाली नागरिकको सङ्ख्या अत्यन्तै न्यून देखेपछि हाइड्रोपावरले आगामी साउन १० गतेसम्म शेयरको फाराम भर्ने म्याद थप गरेको हो ।

स्वदेशी पुँजी तथा प्राविधिकको सक्रियतामा पूर्वाधार संरचना निर्माण भई उपकरण जडान प्रक्रियामा अगाडि बढिसकेको रसुवागढी हाइड्रोपावर कम्पनीले रसुवाली नागरिकलाई ६८ लाख ४२ हजार १०० कित्ता शेयर छुट्याएको छ । गत शुक्रबारसम्म करिब आठ हजार व्यक्तिले मात्र आवेदन दिएका कारण आगामी साउन १० गतेसम्म शेयर बिक्री समयावधि थप गरिएको रसुवागढी हाइड्रो कम्पनीका प्रबन्ध निर्देशक छवि गैरेले बताए ।

शेयर भर्नका लागि करिब ४५ हजार नागरिक योग्य रहेको बताउँदै रसुवागढी हाइड्रोपावरले भनेको छ कुनै पनि रसुवाली नागरिक शेयर भर्नबाट नछुटुन् र नदोहोरिउन् भन्ने अपेक्षा राख्दै शेयर खरिद कार्यमा सहभागी भइदिन कम्पनीले अनुरोध गरेको छ ।

जागिरमा कार्यरत रही सञ्चयकोषमा सञ्चयकर्ताको हिसाबले यसभन्दा अगाडि शेयर फाराम भरिसकेका रसुवाली नागरिकले दोहोरो हुनेगरी आवेदन पेश नगर्न अनुरोध गरिएको छ ।

दोहोरो भर्न नपाइने र भरेको पाइएमा रद्द हुनेसमेत रसुवागढी हाइड्रोले स्पष्ट पारेको छ । अनेत्र जिल्लाबाट विसं २०६८ साउन १७ गते अगाडि रसुवामा बसाइँ सरी आएका नागरिकको हकमा बसाइँसराइको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने प्रावधान राखिएको बताइएको छ ।

विसं २०६८ यताको हकमा भने बसाइँसराइको प्रमाणपत्रका साथै रसुवाको कुन स्थानमा आएर बसोबास गरेको हो त्यस स्थानमा घर हुनुपर्ने, घरमा विद्युत् मिटर जडान भएको कम्युटर बिल, बालबालिका विद्यालय भर्ना एवं पानी धाराको शुल्क बुझाएको बिलका साथै सम्बन्धित वडा कार्यालयले शेयर भर्नका लागि योग्य हो भनी गरिदिएको सिफारिसका आधारमा मात्र शेयर कित्ता स्वीकृत हुने उक्त हाइड्रोपावरले जनाएको छ ।