महाकाली नदीमा बहाव उल्लेख्य बढ्ने, सतर्कता अपनाउन विभागको आग्रह « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

महाकाली नदीमा बहाव उल्लेख्य बढ्ने, सतर्कता अपनाउन विभागको आग्रह


२७ असार २०७९, सोमबार


काठमाडौँ । महाकाली र यसका सहायक नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि महाकाली र यसका सहायक नदीहरूमा बहाव सतर्कता तह आसपास हुन सक्नेछ ।

आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, बागलुङ, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, बैतडी, डडेलधुरा, दार्चुला र आसपास भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

अबका तीन दिनसम्म प्रमुख नदीहरू कोसी, नारायणी, कर्णाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस