‘कबड्डी ४’ले ४२ दिनमा २२ करोड ७३ लाख कमायो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘कबड्डी ४’ले ४२ दिनमा २२ करोड ७३ लाख कमायो


२६ असार २०७९, आइतबार


काठमाडौँ । ‘कबड्डी ४’ले ४२ दिनमा नेपाल बक्स अफिसमा २२ करोड ७३ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । यो कलेक्सन नेपालमा सबैभन्दा धेरै कमाइ गर्ने ‘बाहुबली २’को कुल आम्दानी भन्दा अझै साढे २६ लाख रुपैयाँले कम हो ।

तर कबड्डीको चौथो शृङ्खलाले सबैभन्दा धेरै कमाउने घरेलु फिल्मको कीर्तिमान चाहिँ कायम गरेको छ ।

‘कबड्डी ४’ले छैटौँ सातासम्म मोफसलबाट १० करोड ५ लाख ९७ हजार ४८० रुपैयाँ ग्रस र काठमाडौँ उपत्यकाबाट १२ करोड ६७ लाख ५६ हजार ३६५ रुपैयाँ ग्रस कमाएको छ ।

फिल्मको यो कुल कमाइमा सातौँ सप्ताहान्त अन्तर्गत शुक्रबार, शनिबार र आइतबारको कलेक्सन जोडिएको छैन ।

रामबाबु गुरुङ निर्देशित फिल्म अहिले पनि मुख्य मल्टिप्लेक्स चेनहरुमा प्रदर्शन भइरहेको छ ।

दयाहाङ राई, मिरुना मगर र सौगात मल्लको मुख्य भूमिका रहेको फिल्मले विदेशमा समेत उछाल कमाइ गरेको छ ।

भारतमा फिल्मले दुई दिनमा १ करोड ९२ लाख रुपैयाँ ग्रसको ओपनिङ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस