वर्षाले भासियो हुलाकी सडक, आवागमन  बन्द  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

वर्षाले भासियो हुलाकी सडक, आवागमन  बन्द 


२५ असार २०७९, शनिबार


काठमाडौँ । वर्षाका कारण दाङमा हुलाकी सडकमा क्षति पुगेको छ । हुलाकी राजमार्गको गढवा-राजपुर सडक खण्डअन्तर्गत राजपुर गाउँपालिका-२ मटेरियामा कल्भर्ट र सडकको केही भाग भासिएको छ ।  

पानी निकास हुन नसक्दा सडक र कल्भर्टमा क्षति पुगेको स्थानीयले बताएका छन् । सडकमा क्षति हुँदा आवागमन रोकिएको छ । 

हुलाकी सडकअन्तर्गत  बनिरहेको सडक तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् । 

अहिले  पूर्वमा कालाकाटेदेखि पश्चिममा राजपुरको गंगदीसम्मको करिब ४० किलोमिटर सडक कालोपत्रेको काम भइरहेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस