एम्बुलेन्स दुर्घटना हुँदा तीन दिने शिशुको मृत्यु, सुत्केरीसहित ३ जना घाइते « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एम्बुलेन्स दुर्घटना हुँदा तीन दिने शिशुको मृत्यु, सुत्केरीसहित ३ जना घाइते


२३ असार २०७९, बिहिबार


धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका–७, पौलाहमा भएको एम्बुलेन्स दुर्घटनामा तीन दिने शिशुको मृत्यु भएको छ ।

दुर्घटनामा तीन महिला घाइते भएका छन् । दुर्घटनामा परी बेल्डाँडी गाउँपालिका–४ बैवाहकी २४ वर्षीया अनिता खत्रीको तीन दिने शिशुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

दुर्घटनामा घटनामा मृतक शिशुका आमा अनिता, २० वर्षीया लक्ष्मी खत्री र ४५ वर्षीया माघी खत्री घाइते भएको प्रहरीले जनाएको छ ।

धनगढीबाट बेल्डाँडी गाउँपालिका–४ बैवाहतर्फ गइरहेको म१च६३१ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर आज दिउँसो पौहालस्थित रामबहादुर रानाको गोठमा ठोक्किएको थियो ।

तीन दिनअघि धनगढीस्थित सेती अस्पतालमा बच्चा जन्माएकी अनिता बिहीबार कुरुवासँगै घर फर्किरहेकी थिइन् ।

घाइतेहरूको जगदम्बा अस्पताल बेलौरीमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस