जनार्दनमाथि छानबिन नसकिँदासम्म नयाँ अर्थमन्त्री नियुक्त नहुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जनार्दनमाथि छानबिन नसकिँदासम्म नयाँ अर्थमन्त्री नियुक्त नहुने


२२ असार २०७९, बुधबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन नसकिँदासम्म नयाँ अर्थमन्त्री नियुक्त नहुने भएको छ।

बजेटमा करका दर हेरफेर गर्न अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको र त्यस दिनको सिसिटिभी फुटेज डिलिट गरेको जवाफपछि अर्थमन्त्री शर्माले बुधबार पदबाट राजीनामा दिएका छन्।

उनीमाथि छानबिनका लागि ११ सदस्यीय संसदीय समिति गठन भएको छ। समितिलाई १० दिनको समय दिइएको छ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार छानबिन अवधिभर नयाँ व्यक्तिलाई अर्थमन्त्री नियुक्त गरिने छैन। प्रधानमन्त्री देउवाले अर्थको जिम्मेवारी आफैँसँग राख्नेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस