अर्थमन्त्रीको स्पष्टीकरण सुन्न एमालेले गर्‍यो अस्वीकार « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

अर्थमन्त्रीको स्पष्टीकरण सुन्न एमालेले गर्‍यो अस्वीकार


२२ असार २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेले संसद्मा अर्थमन्त्री जनार्दन शर्माको स्पष्टीकरण सुन्न अस्वीकार गरेको छ ।

प्रतिनिधिसभा बैठक बस्नुअघि सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षमा भएको छलफलमा माओवादी नेताहरुले अर्थमन्त्रीलाई बोल्न दिन प्रस्ताव गरेका थिए ।

माओवादीको बैठकमा पनि अर्थमन्त्री बोलेपछि संसदीय समिति बनाउन सकिने विषयमा छलफल भएको थियो । त्यसअनुसार नै माओवादी नेताहरुले अर्थमन्त्रीलाई सुनौँ, त्यसपछि कसरी जाने भनेर छलफल गरौँला भनेका थिए ।

तर एमालेका नेताहरुले अर्थमन्त्रीलाई बहिस्कार गर्दै आएकाले स्पष्टीकरणको मौका दिन नसक्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस