अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न काँग्रेस उपसभापति गुरुङको माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न काँग्रेस उपसभापति गुरुङको माग


२२ असार २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संसदीय छानबिन समितिको माग गरेको केही बेरमा अर्का उपसभापति धनराज गुरुङले जनार्दन शर्मालाई अर्थमन्त्रीबाट बर्खास्त गर्न माग गरेका छन् ।

ट्विटरमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले विवाद समाधानका लागि छानबिन समिति गठन, छानबिन समितिलाई सहयोगका लागि राजीनामा र बर्खास्तसमेत तीन प्रक्रिया सुझाएका छन् ।

‘गैर संवैधानिक कार्य गर्नेहरूका लागि सिसीक्यामेरामार्फत निगरानी गरिन्छ । सार्वजनिक पद धारण गर्ने व्यक्ति विवादमा तानिएपछि सिसी फुटेज सार्वजनिक गर्नुपर्छ । जनताले हेर्न पाउनुपर्छ’, गुरुङले लेखेका छन् ।

काँग्रेस महामन्त्री गगन थापाले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने नभए प्रधानमन्त्रीले एक्सन लिनुपर्ने बताइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस