बेलायतका अर्थमन्त्री र स्वास्थ्यमन्त्रीले दिए राजीनामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बेलायतका अर्थमन्त्री र स्वास्थ्यमन्त्रीले दिए राजीनामा


२२ असार २०७९, बुधबार


काठमाडौँ । बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले राजीनामा दिएका छन् । बोरिस् जोन्सन नेतृत्वको सरकार जनअपेक्षा अनुरूप नचलेको भन्दै उनीहरूले राजीनामा दिएका हुन् ।

अर्थमन्त्री सुनकले राजीनामाको घोषणा गर्दै भनेका छन्, ‘सरकार गम्भीरताका साथ र ठिक ढंगले चलोस् भन्ने जनताको अपेक्षा एकदम ठिक छ । मलाई लाग्छ यो कुराका लागि हामीले सङ्घर्ष गर्नुपर्छ । त्यसैले मैले राजीनामा दिने निर्णय लिएँ ।’ 

उनले आफ्नो देशले निकै ठूलो चुनौतीको सामना गरिरहेको पनि बताएका छन् ।

सुनकसँगै बेलायतका स्वास्थ्यमन्त्रीले पनि राजीनामा दिएका छन् । स्वास्थ्यमन्त्री साजिद जावेदले प्रधानमन्त्री जोन्सनमा राष्ट्रिय हित अनुकूल सरकार चलाउने क्षमता नभएको आरोप लगाएका छन् ।

यो सरकारले अब राष्ट्रिय हित र जनअपेक्षा अनुसार काम गर्न नसक्ने पनि उनले दाबी गरेका छन् ।   

Tags :
प्रतिक्रिया दिनुहोस