मन्त्रीका गतिविधि प्रधानमन्त्रीको निगरानीमा छन् : प्रवक्ता महत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मन्त्रीका गतिविधि प्रधानमन्त्रीको निगरानीमा छन् : प्रवक्ता महत


२१ असार २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाश शरण महतले मन्त्रीका गतिविधिहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नजिकबाट निगरानी गरिरहेको बताएका छन् ।

मङ्गलवार सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग प्रवक्ता महतले सरकारका मन्त्रीहरूका गतिविधि कानुनभन्दा बाहिर गएर हुन नमिल्ने बताए ।

बजेट निर्माणमा बिचौलियालाई सहभागी गराएको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मालाई हटाउनुपर्ने माग आइरहेका बेला प्रवक्ता महतले त्यसबारे सत्य तथ्य बुझेर प्रधानमन्त्रीले निर्णय लिन सक्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस