डा. खनाल सचिवमा बढुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डा. खनाल सचिवमा बढुवा


२१ असार २०७९, मंगलबार


काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव डा. गोपी खनाललाई सचिवमा बढुवा गरेको छ ।

मङ्गलवार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले पहिलो नम्बरमा सिफारिस गरेका डा. खनाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा शुक्रवार बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव त्रय डा. खनालसहित दीपक काफ्ले र नारायण प्रसाद शर्मा दुवाडीको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, सम्भवतः भोलि निर्णय हुँदै

डा. खनाल सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस