सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, सम्भवतः भोलि निर्णय हुँदै  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, सम्भवतः भोलि निर्णय हुँदै 


२० असार २०७९, सोमबार


काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा शुक्रवार बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिवत्रय डा. गोपी खनाल, दीपक काफ्ले र नारायण प्रसाद शर्मा दुवाडीको नाम सिफारिस गरेको हो ।

पहिलो नम्बरमा सिफारिस भएका डा. खनाल सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत छन् भने काफ्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र दुवाडी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत छन् । 

आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक नयाँ मन्त्रीको शपथका कारण सरेकोले सम्भवतः भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले पहिलो नम्बरमा सिफारिस डा. खनाललाई सचिव बढुवा गर्ने निर्णय गर्नेछ । 

यही असार २२ गते अनिवार्य अवकाशमा जाने लोक सेवा आयोगका सचिव महेन्द्र प्रसाद गुरागाईँले दिएको राजीनामा १६ गतेदेखि लागू हुने गरी स्वीकृत भएसँगै प्रशासनतर्फ एक सचिव पद रिक्त भएको थियो । 

*तेस्रो नम्बरमा दुवाडीको नाम हुनुपर्नेमा प्राविधिक कारणवस अर्को नाम पर्न गएकोले सच्याइएको छ । सम्पादक

Tags :
प्रतिक्रिया दिनुहोस