महाभियोग प्रस्तावबारे संसद्‌मा छिटै छलफल हुने शर्माको आश्वासन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महाभियोग प्रस्तावबारे संसद्‌मा छिटै छलफल हुने शर्माको आश्वासन


२० असार २०७९, सोमबार


काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावबारे संसद्‌मा छिट्टै छलफल हुने आश्वासन दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले उक्त महाभियोग प्रस्ताव तत्काल छलफलमा ल्याउन सरकारलाई दबाब दिइरहेका बेला उनको यस्तो भनाइ बाहिर आएको हो ।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले बजेट पारित गराउने पहिलो दायित्व भएकाले संसद्‌मा उक्त महाभियोग प्रस्तावबारे छलफल गराउने काममा केही ढिलाइ हुन गएको दाबी गरे ।

मन्त्री कोइरालाले महाभियोग प्रस्ताव संसद्‌मा छलफल गराउनका लागि संघीय संसद्‌को कार्य व्यवस्था परामर्श समितिमा छलफल भइरहेको जानकारीसमेत दिए ।

प्रतिक्रिया दिनुहोस