अखिल क्रान्तिकारीमा अराजकता देखियो छानबिन गरौँ : पञ्चा सिंह « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अखिल क्रान्तिकारीमा अराजकता देखियो छानबिन गरौँ : पञ्चा सिंह


२० असार २०७९, सोमबार


काठमाडौँ । अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले संगठनमा देखिएको अराजकताको छानबिन गर्न माग गरेकी छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष सिंहले संगठनमा अराजकता देखिएकाले यसको व्यवस्थापन हुनुपर्ने बताएकी हुन् ।

केही व्यक्तिहरूका कारण संगठन निकै आलोचित भएको उल्लेख गर्दै उनले छानबिनमा आफ्नो गल्ती देखिए जुनसुकै सजाय भोग्न पनि आफू तयार रहेको बताइन् ।

यस्तै उनले जारी बैठकबाट नै पदाधिकारीको टुंगो लगाउन पनि आग्रह गरेकी छन् । बैठक ४, ५ दिन लम्ब्याएर भए पनि पदाधिकारीको टुंगो लगाउनुपर्ने उनको भनाई थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस