हुन्डी कारोबारमा संलग्न एक व्यक्तिविरुद्ध करिब साढे ८ करोड बिगो माग « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

हुन्डी कारोबारमा संलग्न एक व्यक्तिविरुद्ध करिब साढे ८ करोड बिगो माग


२० असार २०७९, सोमबार


काठमाडौँ । राजस्व अनुसन्धान विभागले हुन्डी कारोबारीको आरोप लगाउँदै एक व्यक्तिविरुद्ध करिब साढे ८ करोड रुपैयाँ बिगो माग गर्दै आज (सोमबार) काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

पर्वतको कुस्मा स्थायी घर भई काठमाडौँ महानगरपालिका-२२ सामाखुसी बस्दै आएका गणेश पौडेलविरुद्ध ८ करोड २३ लाख २६ हजार ८ सय ६ रुपैयाँ बिगो माग गरिएको छ ।

विभागका अनुसार पौडेलले विदेशमा आर्जन गरेको पैसा नेपाल नभित्र्याई दिनुपर्ने मान्छेलाई नेपालबाटै दिएको भन्दै विदेशी विनिमय अपचलनको आरोप लगाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस