ललिता निवास जग्गा प्रकरणको मुद्दा सरकारले अदालतमा किन लगेन ? : प्रेम सुवाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ललिता निवास जग्गा प्रकरणको मुद्दा सरकारले अदालतमा किन लगेन ? : प्रेम सुवाल


२० असार २०७९, सोमबार


काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवासको जग्गा प्रकरणमा सरकारले नै चासो नदिएको गुनासो गरेका छन् ।

आज (सोमबार) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको मुद्दा नेपाल प्रहरीले अघि बढाए पनि सरकारले अदालतमा नपठाएको बताए ।

प्रहरीले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भयो भनेर मुद्दा अघि बढायो । सरकारले त्यो मुद्दा अदालतमा लगेन त्यस्तो हुन्छ ? त्यसो गर्न पाउँछ ? कसले जवाफ दिने हो ?, उनले भने ।

उनले जिल्लाका प्रहरी अधिकारीहरूले जनताको समस्याका बारेमा मन्त्रालय वा अधिकारीलाई पन्छाउने काम गरिरहेको पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस