लोसपाद्वारा मधेस प्रदेश सभाको बैठक अवरुद्ध « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

लोसपाद्वारा मधेस प्रदेश सभाको बैठक अवरुद्ध


२० असार २०७९, सोमबार


जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मधेस प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ ।

अर्थमन्त्री शैलेन्द्र साहले आफ्नो गृह जिल्ला सप्तरीमा अवैधानिक तरिकाले २० करोड रुपैयाँ दिएको भन्दै लोसपाका सांसदले बैठक अवरुद्ध गरेका हुन् ।

बैठक सुरु हुनासाथ लोसपा सांसद परमेश्वर साहले सप्तरीमा विनियोजन गरेको २० करोड रुपैयाँबारे जवाफ नदिएसम्म बैठक चल्न नदिने बताएका थिए । यसपछि सभामुख सरोज यादवले अर्थ मन्त्री साहलाई जवाफ दिन भनेपछि साहले प्रक्रिया पुर्‍याएर नै आफूले बजेट दिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस