प्रधानसेनापति शर्मा फर्किए भ्रमण सकेर स्वदेश « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानसेनापति शर्मा फर्किए भ्रमण सकेर स्वदेश


२० असार २०७९, सोमबार


काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा यूएन मिसनहरूको विविध पक्ष एवं भावी योजनाबारे जानकारी लिन सेनापति शर्मा असार ४ गते भ्रमणमा गएका थिए ।

उनले यस क्रममा लेबनान, सिरिया र अमेरिका भ्रमण गरेका हुन् । शर्माले आफ्नो भ्रमण सकेर आइतबार काठमाडौँ आइपुगेका हुन् ।

भ्रमणको क्रममा शर्माले अमेरिकी सेनाप्रमुखसहित अमेरिका र लेबनानका उच्च अधिकारीहरूसँग भेट गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस