भारतीय दूतावासका सुरक्षा गार्डद्वारा ड्युटी समयमै आफैँलाई गोली प्रहार, घटनास्थलमै मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतीय दूतावासका सुरक्षा गार्डद्वारा ड्युटी समयमै आफैँलाई गोली प्रहार, घटनास्थलमै मृत्यु


२० असार २०७९, सोमबार


काठमाडौँ । काठमाडौँको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षा गार्डले ड्युटी समयमै आफैँलाई गोली हानी आत्महत्या गरेका छन् ।

दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैँलाई गोली हानेका हुन् ।

घटनाबारे सूचना पाए लगत्तै त्यसबारे बुझ्न काठमाडौँ उपत्यका अपराध अनुसन्धानका एसपी दिनेश आचार्य दूतावास पुगेका थिए ।

घटनास्थल दूतावासभित्रै भएका कारण भारतीय पक्षले नै त्यसको अनुसन्धान गरी शव व्यवस्थापन गर्ने तयारी गरेको छ ।

उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

स्रोतका अनुसार सिंहले ड्युटीमा रहेका बेला इन्सास राइफलबाट आफैँलाई गोली चलाएको र उनको घटनास्थलमै मृत्यु भएको दूतावासका अधिकारीले नेपाल प्रहरीलाई जानकारी गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस