बजेटमा दुई–चार घरानाको मात्र अनुहार देखिन्छ : केपी ओली « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

बजेटमा दुई–चार घरानाको मात्र अनुहार देखिन्छ : केपी ओली


२० असार २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक वर्ष २०७९/८० के बजेटमा दुई चार वटा घरानाको अनुहार देखिएको टिप्पणी गरेका छन् ।

आज (सोमबार) प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले बजेट केही घरानाको जस्तो मात्र भएको बताएका हुन् ।

‘यो त दुई चार घरानाको बजेट भयो, यसमा घरानाको अनुहार देखिन्छ’ उनले भने, ‘यसरी अनुहार हेरेर निश्चित घरानालाई फाइदा हुने गरी अरुलाई फाइदा नहुने गरी बजेट किन बनाइयो ?’

बजेट निर्माणमा अनधिकृत मान्छे राखेर निश्चित घरानाका व्यक्तिले भने अनुसार नै करको दर निर्धारण गरिएको ओलीले आरोप लगाए ।

‘करका दर फाइनल हुने दिन अर्थ सचिव, सम्बन्धित सहसचिवहरु घर जानसमेत पाउँदैनन्, त्यहीँ रात बस्नुपर्छ’ उनले भने, ‘यहाँ त करका दर कति राखौँ, तिमीहरुलाई कति कति चाहिन्छ ‘?’

Tags :
प्रतिक्रिया दिनुहोस