विनोद शाही मृत्यु प्रकरण : हत्याका आरोपीलाई बचाउन खोजेको भन्दै स्थानीय बासिन्दा आन्दोलित, प्रहरीद्वारा हवाइ फायर « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

विनोद शाही मृत्यु प्रकरण : हत्याका आरोपीलाई बचाउन खोजेको भन्दै स्थानीय बासिन्दा आन्दोलित, प्रहरीद्वारा हवाइ फायर


२० असार २०७९, सोमबार


धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का किशोर विनोद शाहीको हत्याका आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।

उनीहरूले नाराबाजीसहित जिल्ला सरकारी वकिलको कार्यालय र अदालत घेराउ गर्न खोज्दा अछाम सदरमुकाम मङ्गलसेनमा तनाव भएको छ ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्दै केही राउन्ड हवाइ फायर समेत गरेको छ ।

अभियुक्तलाई अदालत पेस गर्ने तयारी भइरहेका बेला नाराबाजी गर्दै स्थानीय बासिन्दाले सरकारी वकिलको कार्यालय र जिल्ला अदालत घेराउ गर्न खोजेपछि बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यस क्रममा केही घाइते भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस