बागमती प्रदेशको लेखा समितिले छानबिन गर्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बागमती प्रदेशको लेखा समितिले छानबिन गर्ने


२० असार २०७९, सोमबार


बागमती । बागमती प्रदेशसभाको लेखा समितिले विगत दुई आर्थिक वर्षदेखि प्रदेशमा स्वास्थ्य उपकरण खरिद तथा कृषि अनुदान वितरण प्रक्रियाको छानबिन गर्ने जनाएको छ ।

लेखा समितिको आज बसेको बैठकले प्रदेशको अनुदान तथा स्वास्थ्य उपकरण खरिद प्रक्रियामा भएको अनियमितता र त्रुटिको छानबिन गर्ने निर्णय गरेको छ । छानबिनका लागि उपसमितिसमेत गठन गरिएको बताइएको छ ।

लेखा समितिका सभापति न्हुच्छेनारायण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरिएको सो समितिले जनाएको छ ।

उपसमितिमा एमालेका प्रदेशसभा सदस्य चन्द्रबहादुर लामा र विवेकशील साझा पार्टीका प्रदेशसभा सदस्य रमेश पौड्याल तथा सदस्य सचिवमा दीपक अधिकारीलाई तोकिएको छ । छानबिन समितिको समय अवधि साउन १० गतेसम्म रहनेछ ।

उपसमिति सदस्य पौड्यालका अनुसार स्वास्थ्य उपकरण खरिदका विषयमा स्वास्थ्य मन्त्रालय र तत्कालीन भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालय तथा हालको कृषि तथा पशुपक्षी विकास मन्त्रालयमार्फत २०७६/७७ देखि हालसम्म वितरण भएका अनुदान वितरणसम्बन्धी शीर्षक, सङ्ख्या र रकम प्राप्त गर्नेको सम्पूर्ण विवरण मन्त्रालयसँग सात दिनभित्र उपलब्ध गराउन माग गरिने बताइएको छ ।

यसैगरी बैठकले स्थानीय तहमा सार्वजनिक लेखा समितिको गठन र त्यसको प्रभावकारिताका विषयमा काठमाडौँ र धुलिखेलमा स्थानीय तहसँग अन्तर्क्रिया भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस