अस्पतालको नाम दुरुपयोग गरेको भन्दै चिकित्सकलाई कारबाही गर्न मेसुले उठाए पत्र « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अस्पतालको नाम दुरुपयोग गरेको भन्दै चिकित्सकलाई कारबाही गर्न मेसुले उठाए पत्र


२० असार २०७९, सोमबार


काठमाडौँ । कोशी अस्पताल विराटनगरले अस्पतालको नाम दुरुपयोग गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई कारबाही गर्न प्रशासनलाई पत्र काटेको छ ।

कोशी अस्पतालका चिकित्सकले अस्पतालको नाम बोर्डमा राखेर अस्पताल बाहिर क्लिनिक सञ्चालन गरेपछि अस्पतालले कारबाही गर्न प्रशासनलाई पत्र काटेको हो ।

निजी क्लिक सञ्चालन गरेका कारण चिकित्सकहरू अस्पताल ढिलो आउने र चाडै जाने गरेको गुनासो आएपछि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले जिल्ला प्रशासन कार्यालय मोरङमा अनुसन्धान गरी कारवाहीका लागि पत्र पठाएका हुन् ।

असार १९ गते मेसुले प्रशासनलाई लेखेको पत्रमा लेखिएको छ ‘कोशी अस्पतालको नाम बोर्डमा अनधिकृत रूपमा राखी बाहिर निजी क्लिनिक सञ्चालन गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक कारबाही हुनका लागि अनुरोध छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस