पेस्तोलसहित लुम्बिनीबाट तीन भारतीय नागरिक पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पेस्तोलसहित लुम्बिनीबाट तीन भारतीय नागरिक पक्राउ


२० असार २०७९, सोमबार


रुपन्देही । रुपन्देहीको लुम्बिनी क्षेत्रबाट प्रहरीले पेस्तोलसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

यूपी. ५५ एडी ०६८४ नम्बरको मोटरसाइकल शङ्का लागेर पिछा गर्दै जाने क्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका-६ बसपार्क नजिक उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारत सिद्धार्थनगरका ३४ वर्षीय चिनक भनिने मेदि हुसेन, ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अली रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल चालक चिनकको कम्मरमा बाँधिएको कालो प्लास्टिकको झोलाभित्र एउटा कटुवा पेस्तोल, केएफ ९ एमएम लेखिएको २ राउन्ड गोली र चक्कु १ थान बरामद गरिएको छ ।

हिजो (आइतबार) राति साढे ८ बजे इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक युवराजजंग कार्कीको कमान्डको गस्ती टोलीले पछ्याउने क्रममा भाग्ने क्रममा मोटरसाइकल गोरुलाई ठक्कर दिई अनियन्त्रित भएर पल्टिएको थियो ।

मोटरसाइकल दुर्घटनामा परी तीनै जना घाइते भएको र मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस