माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै, प्रदेश रिपोर्टिङ जारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै, प्रदेश रिपोर्टिङ जारी


२० असार २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय समिति बैठकमा प्रदेश संयोजकहरूले रिपोर्टिङ गर्दैछन ।

पहिलो दिन बाग्मती र उपत्यका विशेष कमिटीले रिपोर्टिङ गरेको भएपनि बाँकी प्रदेशको रिपोर्टिङ भने सोमबाट सुरु हुने भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन माथिको टिप्पणी तथा स्थानीय तहको निर्वाचनको समीक्षा, संघीय निर्वाचनको तयारी, सङ्गठनात्मक अवस्थालगायतका विषयमा प्रदेश अनुसार रिपोर्टिङ जारी छ ।

आइतवारको बैठकमा छलफलका लागि ९ बुँदे प्रस्ताव पेस भएका छन्, सोही आधारमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस