जी.पी.कोइराला विश्वविद्यालयको स्थापना गर्नुपर्छ : मन्त्री बडू « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जी.पी.कोइराला विश्वविद्यालयको स्थापना गर्नुपर्छ : मन्त्री बडू


१८ असार २०७९, शनिबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका छन् । 

शनिवार स्व.नेता गिरिजाप्रसाद कोइरालाको ९९ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका हुन् । 

उनले अरू नेताहरूको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व. नेता कोइराला आदर्श र मूल्यमान्यताको प्रतीक भएकोले उनको नाममा जी.पी.कोइराला विश्व विद्यालयको स्थापना आवश्यक रहेको बताए ।

मन्त्री बडूले उत्कृष्ट विश्वविद्यालयको रूपमा आफूलाई स्थापित गर्ने उद्देश्यका साथ विश्व विद्यालय स्थापना हुनुपर्ने बताए । 

मन्त्री बडूले क्षमतासहितको प्रतिस्पर्धी, उत्कृष्ट, आदर्श र उद्देश्य राखेर जी।पी। कोइराला विश्व विद्यालय स्थापना गर्न सरकार सहयोगका लागि तयार रहेको प्रतिबद्धता जनाएका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस