इरानमा ६ रेक्टर स्केलमाथिका लगातार ३ शक्तिशाली भूकम्प, चीनसम्म धक्का « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इरानमा ६ रेक्टर स्केलमाथिका लगातार ३ शक्तिशाली भूकम्प, चीनसम्म धक्का


१८ असार २०७९, शनिबार


काठमाडौँ । दक्षिणी इरानमा शनिबार बिहान गएको ६.१ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

पछि सो क्षेत्रमा ६ दशमलव ३ रेक्टर स्केलका थप दुई शक्तिशाली भूकम्प गएको थियो ।

सरकारी समाचार एजेन्सी आईआरएनएले त्यहाँ एक दर्जनभन्दा बढी परकम्प गएको छ जसका कारण इरानको खाडी तट नजिकैको साइह खोश गाउँ पूर्ण रूपमा ध्वस्त भएको जनाएको छ।

भूकम्पको केन्द्रबिन्दु इरानको बन्दरगाह सहर बन्दर अब्बासबाट करिब एक सय किलोमिटर टाढा थियो ।

चीन, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, बहराइनलगायत आसपासका धेरै देशहरूमा भूकम्पको धक्का महसुस भएको सामाजिक सञ्जालमा मानिसहरूले बताएका छन्। 

दुई प्रमुख टेक्टोनिक प्लेटमा रहेको इरानमा बारम्बार भूकम्प जान्छ। सन् १९९० देखि हालसम्म देशमा भूकम्पमा परी ८० हजारभन्दा बढीको ज्यान गएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस