राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता


१५ असार २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । मंगलबार साँझ शीतलनिवास पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसँग भेट गरेका हुन् ।

देउवाका प्रेस सल्लाहाकार गोविन्द परियारका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीच नियमित भेटवार्ता भएको हो । उनीहरुबीच दुई घण्टा छलफल भएको स्रोतले बताएको छ । प्रधानमन्त्रीले राष्ट्रपतिलाई सरकारका कामकारबाहीका बारेमा जानकारी गराएका थिए ।

त्यसक्रममा राष्ट्रपति भण्डारीले मलको समस्या समाधानका लागि दीर्घकालीन उपाय खोज्न सरकारसँग आग्रह गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस