सरकारी नियुक्तिका लागि शैक्षिक प्रमाणपत्र कीर्ते गरेको खुलेपछि एक जना पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकारी नियुक्तिका लागि शैक्षिक प्रमाणपत्र कीर्ते गरेको खुलेपछि एक जना पक्राउ


१४ असार २०७९, मंगलबार


पक्राउ

काठमाडौँ । राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा नियुक्तिका लागि पेस गरेको शैक्षिक प्रमाणपत्र कीर्ते गरेको खुलेपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर कुसुन्तीका माधवप्रसाद तिमल्सिना रहेका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा नियुक्तिका लागि तिमल्सिनाले पाटन क्याम्पसबाट स्नातक उत्तीर्ण भएको शैक्षिक प्रमाणपत्र पेस गरेका थिए ।

उनलाई लिखत सम्बन्धी कसुरमा अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस