नेपाल एयरलाइन्सले १० वर्षे व्यावसायिक योजना परिमार्जन गर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल एयरलाइन्सले १० वर्षे व्यावसायिक योजना परिमार्जन गर्ने


१२ असार २०७९, आइतबार


काठमाडौँ । नेपाल एयरलाइन्सले १० वर्षे व्यावसायिक योजना परिमार्जन गर्ने भएको छ ।

निगमका नवनियुक्त महाप्रवन्धक दीपु ज्वारचनका अनुसार निगम व्यवस्थापनबाट तत्कालको हवाई बजारलाई मध्यनजर गर्दै १० वर्षे (२०२१–२०३०) एकीकृत व्यवसायिक योजनाको समीक्षा र आवश्यक परिमार्जन गर्ने निर्णय गरिएको हो ।

निगमले १७ असारमा नयाँ वेबसाइट सार्वजनिक गर्ने निर्णय भएको छ । अहिले सञ्चालनमा नरहेका चिनियाँ विमानको हकमा तत्काल ठोस व्यवस्थापनको पहल लिँदै सञ्चालक समितिमा प्रस्ताव लैजाने निर्णय समेत निगम व्यवस्थापनले गरेको छ ।

निगमले तिर्नुपर्ने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋणको किस्ताको पुनःतालिकीरण गर्न पहल गर्ने निर्णय समेत भएको छ । यसका लागि अर्थ मन्त्रालय, पर्यटन मन्त्रालय र दुई कोषबीच समन्वय गरिने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस