गठबन्धनलाई निरन्तरता दिने पक्षमा छौँ : नेपाल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

गठबन्धनलाई निरन्तरता दिने पक्षमा छौँ : नेपाल


१२ असार २०७९, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई निरन्तरता दिइने बताएका छन्।

उनले शेरबहादुर देउवा नेतृत्वमा रहेको सरकार पनि कायमै रहने बताए ।

आज (आइतबार) काठमाडौँमा अनेमसंघ (समाजवादी) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले भने, ‘गठबन्धनलाई निरन्तरता दिने पक्षमा छौँ। यो गठबन्धन सरकार कायमै रहन्छ ।’

उनले केही समस्या छन् भने छलफल गरेर अघि बढ्ने पनि बताए । ‘गलत कुरा छन् भने सङ्घर्ष गर्ने हो । जनतालाई कष्ट र दुख हुने कुरामा भने साथ हुन्न,’ उनले भने, ‘सुशासनका पक्षमा छौँ ।’

उनले पार्टी सङ्गठन व्यापक रूपमा विस्तार गर्न पनि आग्रह गरेका थिए। सङ्गठनमा काम गर्ने र नगर्नेको अभिलेख राख्नुपर्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस